राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । यही पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन लामिछानेनिवास पुगेपछि उनीहरूबिच भेटवार्ता भएको हो ।
सो अवसरमा दुई पार्टीका अध्यक्षबिच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।