मुक्तिनाथ विकास बैंक २०औँ वर्षमा

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेड १९औँ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले गत शनिबार केन्द्रीय कार्यालय काठमाडौंसहित क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीमा बृहत रक्तदान कार्यक्रम संचालन ग¥यो। कुल ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

सो अवसरमा ‘सन् २०५० मा मेरो नेपाल’ शिर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुबीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको छ। प्रतियोगितमा देशभरका कुल ७९१ विद्यार्थीहरु सहभागी थिए।

प्रतियोगितामा सर्वोत्कृष्ट भएकी काठमाडौंकी रिया खड्काले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ प्राप्त गरिन्। हरेक क्षेत्रीय कार्यालयअन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरणलगायतका कार्यक्रम गरेको छ।

बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो।

सुझावित समाचार