भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
पोखराको लिचीबारी जग्गा भ्रष्टाचार मुद्दाका प्रतिवादी पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ। विशेष अदालतका सदस्यहरू सुदर्शनदेव भट्ट, डिल्लीराज श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो।
पोखरा विमानस्थल भ्रष्टाचारका तीन आरोपीलाई साधारण तारेखमा छाड्ने विशेष अदालतको आदेश
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको अभियोग लागेको नेपाल नागरिक उड्डन प्राधिकरणका तीन उपनिर्देशक साधरण तारेखमा छुटेका छन्। बिशेष अदालतले उनीहरुाई साधरण तारेखमा छाड्ने आदेश दिएको थियो।
राजनीतिको फोहोर एकै झड्कामा फाल्नका लागि मिलेका हौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिको सम्पूर्ण फोहोर एकै झड्कामा फाल्न देशको आवश्यकताअनुसार तीन दल मिलेको बताएका छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका लामिछाने तारिख बुझ्नका लागि बुधबार कास्की जिल्ला अदालत आएका थिए। सोही क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले विगतको राजनीतिक दबदबाले देशलाई आक्रान्त पारेकाले त्यो फोहोरलाई एकै झड्कामा सफा गर्ने र देशलाई नयाँ युगमा लैजान एकता गरेको बताएका हुन्।
घट्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आलय निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा ५ रुपैयाँ र हवाइ इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ मूल्य घटाएको हो । परिवर्तित मूल्यअनुसार काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १५९ रुपैया प्रतिलिटर, डिजल १३७ रुपैयाँ पर्नेछ । एलपिजी ग्यासको मूल्य १००. ३५ पैसा बढेर आए पनि मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्क शल्यक्रिया सफल
वीर अस्पतालका चिकित्सकले १०३ वर्षीया वृद्धाको सफल रूपमा मस्तिष्क शल्यक्रिया गरेको छ । काठमाडौं कोटेश्वर–३२ निवासी १०३ वर्षीया वृद्धाको मस्तिष्कमा देखिएको समस्या समाधान गर्दै दुर्लभ न्युरोसर्जिकल सफलता प्राप्त गरेको अस्पतालले जनाएको छ ।
देउराली सहकारीका अध्यक्ष चौलागाईंसहित चारविरुद्ध दुई अर्ब ६८ करोड बिगोको सम्पत्ति शुद्धीकरण मुद्दा दायर
देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंसहित चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। सहकारीको रकम अपचलन गरी आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले चौलागाईंसहित उनकी पत्नी पूजा खत्री र राजेन्द्र खत्रीसमेतलाई प्रतिवादी कायम गरेर बुधबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो
चार महिनापछि बस्यो सुदूरपश्चिम प्रदेश सभा बैठक
सुदूरपश्चिम प्रदेश सभाको बैठक चार महिनापछि बसेको छ । गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी गरिएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन। प्रदेश सभा भवन मर्मत सकिएपछि आज बैठक बसेको हो।
निर्वाचन आयोगले भन्यो– उम्मेदवारको जरिवानासम्बन्धी नयाँ निर्णय भएको छैन
निर्वाचन आयोगले ०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाहीसम्बन्धी नयाँ कुनै निर्णय नभएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार एक सूचना जारी गर्दै निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिने निर्णय ०८० साउन ९ गते नै भएको प्रस्ट पारेका छन्।
नेपाल–भारत संयुक्त लगानीमा मल कारखाना खोल्न निक्कीको प्रस्ताव
नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की)ले हरेक वर्ष रोपाइँ गर्ने वेलामा दोहोरिँदै आएको मल अभाव समाधान गर्न नेपाल–भारत संयुक्त लगानीमा मल उत्पादन कारखाना स्थापना गर्ने प्रस्ताव अघि सारेको छ। निक्कीका अध्यक्ष सुनील केसीले भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयका अतिरिक्त सचिव डा. प्रमोदकुमार मेहेरदासँग काठमाडौं भ्रमणका क्रममा भएको अन्तक्र्रियामा उक्त प्रस्ताव राखेका हुन्।
माछापुच्छ्रे पोखरा टेनिस : ओपन मेन्स सिंगल्सको उपाधि करणलाई
२२औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८२ अन्तर्गत ओपन मेन्स सिंगल्सको उपाधि करणबहादुर थापाले हात पारेका छन्। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छे बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा तनहुँ घर भई हाल भारत बस्ने नेपाली खेलाडी करणले आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्।