नोबेल अस्पतालको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन लिमिटेडले प्राथमिक सार्वजनिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनसम्बन्धी काम गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा आज अस्पतालका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका हुन् । 

जारी पुँँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको यस नोबेल अस्पतालले २८.५७ प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ । संस्थापक समूहअन्तर्गत करिब ७१.४३ प्रतिशत सेयर कायम रहने कम्पनीले जनाएको छ । 

फ्रन्टलाइन ब्रान्डका नामबाट सञ्चालित यस अस्पतालको हालको क्षमता एक सय शड्ढया रहेको छ । अस्पतालका अनुसार दुई सय शड्ढया क्षमताको जनरल र क्यान्सर रोग उपचारार्थ अस्पताल बनाउन लागिएको छ । यसका लागि थप पुँजी जुटाउन लागिएको पाण्डेले जानकारी दिए । 

सुझावित समाचार