सुनकोशी–मरिनको नयाँ टेन्डर लगाउन धमाधम मूल्यांकन

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

 राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युत्गृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्यांकन थालिएको आयोजनाले जनाएको छ । 

आयोजनाले ८ मंसिरमा उक्त प्याकेज निर्माणका लागि पटेल–रमण जेभी, जनकपुर– ९, धनुषासँगको ठेक्का सम्झौता तोडेको थियो । ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको पाएपछि ठेक्का तोडिएकाले अहिले निर्माणकार्य ठप्प छ ।

तर, चाँडै नयाँ टेन्डर निकाल्ने गरी अहिलेसम्म भइरहेको कामको प्रगतिबारे मूल्यांकन भइरहेको सिँचाइ विभागले जनाएको छ । 
 

सुझावित समाचार