केन्द्रीय कमिटीमा दर्जनभन्दा बढी ४० वर्षमुनिका युवा

महाधिवेशनमा ४० वर्षमुनिका मात्रै ३५ जना उम्मेदवार बनेका थिए

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

एमालेले विधानमै ४० वर्षमुनिका पाँच प्रतिशत युवालाई आरक्षण गरेर केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराएको छ । जसअनुसार सुनिता डंगोल, सुहाङ नेम्वाङ, क्षितिज थेबे, गोविन्द गिरी, रुद्रबहादुर शाही, अस्मिता थापा, एलिसा गौतम, नवराज ओझा, निशा अधिकारी, मोबिन आलम, अमरकुमार यादव, रौनित साह, नरेश रोकाय, सुशीलकुमार थापा र लीलामणि गौतमलगायत निर्वाचित भएका छन् ।

उनीहरूमध्ये अस्मिता र एसिला ३० वर्षमुनिका हुन् । त्यस्तै, अखिलका पूर्वअध्यक्ष समिक बडालसहित राष्ट्रिय युवा संघबाट बिदा भएका कतिपय पूर्वपदाधिकारी पनि युवा पुस्ताको प्रतिनिधित्व गर्दै निर्वाचित भएका छन् । महाधिवेशनमा ४० वर्षमुनिका मात्रै ३५ जना उम्मेदवार बनेका थिए । 

See More On

सुझावित समाचार