एभिएसन मटेरियल समाधानको अग्रणी कम्पनी एरो कनेक्सन्सले एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थीलाई लक्षित गरी एभिएसन अफ्टरमार्केट ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले पुल्चोक क्याम्पसका विद्यार्थीलाई एभिएसन अफ्टरमार्केट उद्योगबारे आधारभूत ज्ञान दिलाउने र विश्वव्यापी अवसरबारे बुझाउने उद्देश्यसहित ओरिएन्टेसन कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीको सहभागिता थियो । कार्यक्रमको सञ्चालनमा त्रिभुवन विश्वविद्यालयका यान्त्रिक तथा एरोनाटिकल इन्जिनियरिङ विभाग प्रमुख डा. सुदीप भट्टराईको सहयोग र समन्वय रहेको कम्पनीले जनाएको छ ।