ओलीको संरक्षण गर्नु अहिलेको प्रमुख दायित्व : रामकुमारी झाँक्री

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण
ओलीको संरक्षण गर्नु अहिलेको प्रमुख दायित्व : रामकुमारी झाँक्री

फाइल तस्बिर

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी नेतृत्वविरुद्ध दृश्य–अदृश्य शक्तिहरू लागिरहेका भन्दै नेतृत्वको संरक्षण गर्नु अहिलेको प्रमुख दायित्व रहेको बताएकी छिन्।

पार्टी महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै झाँक्रीले भनिन्, ‘नेतृत्वसँग एक हिसाबले भन्ने हो भने दृश्य–अदृश्य शक्तिहरूले लडिरहेका छन्। यस्तो वेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ।’

पार्टीले जेन–जी भ्वाइस (आवाज) नभई सही आवाजलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले थपिन्, ‘कसैले पनि जे हावा चलाइदिन्छ, कन्स्पिरेसी थ्योरी चलाइदिन्छ, डिपस्टेटले आफ्नो एउटा प्लान दिन्छ, अनि यिनका अनुकूल पार्टी बनाउने हो र ?’

भदौ २३ र २४ गते के भएको भन्ने कसैलाई केही थाहा नभएको बताउँदै इतिहासमा ती सबै कुरा खुल्दै जाने उल्लेख गरिन्। कठिन परिस्थितिमा ओलीले आशा जगाउने काम गरेको भन्दै उनले जेन–जीलाई नेता स्वीकार गर्न नसकिने प्रस्ट पारिन्।

‘२४–२५ वर्षका मान्छेलाई म कसरी नेता स्विकार्न सक्छु ? जसले देश आगो लगाउनलाई उद्वेलित भएर हिँडिरहेको छ,’ उनले भनिन्।

सुझावित समाचार