एमालेको एघारौँ महाधिवेशन : निर्वाचन तालिका संशोधन

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ ।

एमालेको एघारौँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी कार्यक्रम अघि बढेको छ । आयोगले बन्द सत्रसुरु भएसँगै हिजो नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् । जसअनुसार, आज दिउँसो १ देखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय तोकिएको छ ।

यसअघि प्रकाशित कार्यतालिकामा उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय साढे १० देखि साढे १ बजेसम्मका लागि तोकिएको थियो । संशोधित कार्यतालिकाअनुसार, दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, आजै ५ बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ । त्यस्तै, ५ देखि ६ बजेसम्म उम्मेदवारको नाम फिर्ता हुने कार्यतालिका रहेको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ साढे ६ बजे हुने बताइएको छ । मतदान भोलि ११ देखि ५ बजेसम्म हुने कार्यतालिका तय भएको छ ।

See More On

सुझावित समाचार