नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्छ भन्ने कसैलाई नसोच्न आग्रह गरेका छन्।
शनिबार पार्टीको ११औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन्।
डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने आफ्नो पार्टीको रहेको उनको भनाइ छ।
‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ उनले भने।