नेकपा (एमाले)ले विधान संशोधन नगर्ने भएको छ । भागबन्डा मिलाउन पार्टी अध्यक्ष केपी ओलीले पदाधिकारीको संख्या थप्न विधान संशोधनको तयारी गरेको थिए। तर, ईश्वर पोखरेल समूहको दबाबपछि ओली पछि हटेका छन्।
अब एमालेमा १५ सदस्यीय पदाधिकारी नै हुने भएको छ। गत भदौमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट १५ मा घटाउने निर्णय गरेको थियो । वरिष्ठ उपाध्यक्षको पद पनि खारेज गरेको थियो । नेता प्रदीप ज्ञवालीका अनुसार विधान महाधिवेशनबाट पास भएकै विधानअनुसार नयाँ नेतृत्व चयन हुँदै छ।
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदै छ । नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलको समूहबिच प्रतिस्पर्धा हुँदै छ।