अभिनाश बने सर्वाधिक विकेट लिने बलर

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सका दायाँहाते बलर अविनाश बोहरा दोस्रो एनपिएलकै सर्वाधिक विकेट लिने बलर बनेका छन् । अभिनाशले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सका दुई खेलाडी आउट पार्दै विराटनगरकै कप्तान सन्दीप लामिछानेलाई पछि पारेका हुन् ।

अभिनाशले आठ खेलमा १६ विकेट संख्या पुर्याएका छन् । दोस्रो स्थानको सन्दीपले आठै खेलमा १५ विकेट लिएका छन् । दोस्रो संस्करणको क्वालिफायर वानमा सन्दीप विकेटविहीन भएका थिए ।

उनले चार ओभरमा १६ रन खर्चेका थिए । अभिनाशले लिग चरणमा विराटनगरविरुद्ध दुई विकेट हात पारेका थिए । उनले जनकपुर बोल्ट्ससँगको खेलमा ३० रन खर्चेर चार विकेट तथा लुम्बिनीविरुद्ध २६ रन दिएर तीन विकेट हात पारे । 

See More On

सुझावित समाचार