उज्यालो नेपालको जस आफ्नो पार्टीले पाउनुपर्ने एमाले नेता पोखरेलको दाबी

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उज्यालो नेपालको योजना आफ्नो पार्टीको भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेखेर पोखरेलले लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको भएको, तर जस अर्कैले पाएको उल्लेख गरेका छन्।

उनले सांकेतिक भाषामा उज्यालो नेपालको योजना आफ्नो पार्टीको भएको उल्लेख गरेका हुन्। कुलमान घिसिङले बुधबार उज्यालो पार्टीको घोषणा गरेसँगै पोखेरलले एउटाको योजना, जस पायो अर्काेले र पार्टी खोल्यो तेस्राेले भने।

उलले खेका छन् ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्राेले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’ 
 

सुझावित समाचार