बर्दियामा एचआइभी/एड्स पहिचान भएका दुई सयजना संक्रमितले नियमित औषधि सेवन गरेको पाइएको छ । बर्दिया अस्पताल गुलरियाबाट एचआइभी/एड्स पहिचान भएका दुई सयजना संक्रमितले नियमित औषधि सेवन गरेको पाइएको हो।
अस्पताल नियमित औषधि सेवन गर्नेमा १०३ महिला, ८३ जना पुरुष र १४ जना अन्य रहेको मेडिकल रेकर्डर केशव न्यौपानेले बताए । उनले एचआइभी/एड्स भएकामध्ये १५ वर्षमुनिका आठजना रहेको बालबालिका रहेकाे बताए ।
एचआइभी भएका मानिसको भाइरल लोड घटाउनका लागि नियमित औषधि सेवन गर्नुपर्ने अस्पतालका मेडिकल डाक्टर चन्द्रप्रकाश तिमिल्सिनाले बताए । उनले भने, ‘भाइरल लोड घटेपछि अन्य संक्रमण हुन सक्ने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने हुँदा अवसरवादी संक्रमण हुनबाट औषधिले बचाउने काम गर्छ ।’