क्यासिनोभित्र लुटपाट गर्ने दुईजना पक्राउ

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

जेन-जी आन्दोलनमा क्यासिनोभित्र लुटपाट र तोडफोड गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका- ६, बौद्धनिवासी दावा शेर्पा र बुढानीलकण्ठ- १२ बस्ने रञ्जीत खड्गीलाई प्रहरीले पक्राउ गरेको हो।

गत २४ भदौको आन्दोलनमा उनीहरू हायात होटेलस्थित क्यासिनो प्राइडमा लुटपाट गरेका थिए। सो दिन क्यासिनोको १४ करोड लुटपाट भएको भनेर जाहेरी परेको छ। पक्राउ परेकाउपर आपराधिक उपद्रव मुद्दामा अनुसन्धान अघि बढाइएको एसपी पवनकुमार भट्टराईले बताए। 

सुझावित समाचार