एनपिएल : काठमान्डुविरुद्ध विराटनगर किंग्सले टस जितेर फिल्डङ गर्ने

शनिबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

विराटनगर किंग्सले  दोस्रो नेपाल प्रिमियर लिग(एनपिएल) को आठौँ खेलमा काठमान्डु किंग्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। 

शनिबार त्रिवि क्रिकेट स्टेडियममा विराटनगर किंग्सले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो।  पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो। 

काठमान्डु गोर्खाजको यो तेस्रो खेल हो। काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो। 

आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ।

See More On

सुझावित समाचार