अमेरिकाबाट निष्कासित ३५ नेपालीलाई चार्टर्ड विमानमा काठमाडौं छाडियो

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण
अमेरिकाबाट निष्कासित ३५ नेपालीलाई चार्टर्ड विमानमा काठमाडौं छाडियो

फाइल तस्बिर

अमेरिकाले एकैपटक ३५ नेपाललाई निष्कासन गरेको छ। उनीहरूलाई बुधबार काठमाडौं ल्याएर छाडिएको छ। 

विमानस्थल स्रोतका अनुसार अमेरिकी सुरक्षा अधिकारीले चार्टर्ड विमानमा उनीहरूलाई काठमाडौं छाडेका हुन्। यसरी निष्कासितहरूलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको छ। सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिएको ब्युरोका एसएसपी कृष्ण पंगेनीले बताए। 
 

सुझावित समाचार