जिम्मी निसमले पोखराबाट खेल्ने

शुक्रबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

टेस्ट राष्ट्र न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजन खेल्ने भएका छन् । उनी पोखरा भित्रिने चौथो विदेशी खेलाडी हुन् । टोलीले यसअघि इंग्लिस विकेटकिपर एडम रोसिंटन र अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको थियो ।

निसमले पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले नाै खेलमा एक अर्धसतकसहित २४७ रन बनाउनुका साथै सात विकेट लिएका थिए ।
 

सुझावित समाचार