बेवारिसे भरुवा बन्दुक फेला

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङमा बेवारिसे भरुवा बन्दुक फेला परेको छ । प्रहरी चौकी हिले धनकुटाबाट प्रहरी नायब निरीक्षक चिरञ्जीवी खड्काको कमान्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा पाख्रीबास नगरपालिका– १०, चुङमाङस्थित बाटोको छेउ कल्लाको भित्तामा राखिएको बेवारिसे अवस्थामा भरिएको भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले बताए ।

सोमबार साँझ गस्तीको क्रममा भरुवा बन्दुक भेटिए पनि अन्य बारुद, गोलीजस्ता वस्तु फेला नपरेको प्रहरीले बताएको छ । उक्त बेवारिसे भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
 

सुझावित समाचार