गजेन्द्रनारायण सिंह अस्पताल तोडफोडकाे आराेपमा चारजना पक्राउ

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा आगजानी तथा तोडफोड गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का विनित चौहान, उदय ठाकुर, बिष्णुपुर गाउँपालिका–६ परमेश्वर यादव र उनका छोरा रमण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीले जानकारी दिए । 

अस्पतालको एनआइसियू वार्डको बल्ब झडेर अस्पतालमा भर्ना भएका रूपनी गाउँपालिका हर्दियाकी रेखा यादवको शिशुलाई लागेको थियो ‌। शिशुको जन्म आजै भएको हो । यही कारण आक्राेशित युवाहरू ताेडफाेडमा उत्रिएका हुन् ।

केहीबेर अघि एकजनाले अस्पतालका निमित्त मेसु दिलीप साहमाथि हातपात प्रयाससमेत गरेका थिए। 

सुझावित समाचार