जेन–जी सप्तरीको ज्ञापनपत्र प्रभाव : मेसुमा साहलाई नै निरन्तरता

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएका १०औँ तहका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवलाई फिर्ता गर्दै स्वास्थ्य मन्त्रालयले एघारौं तहका प्रकाशप्रसाद साहलाई निरन्तरता दिएको छ।

जेन–जी समूह सप्तरीले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट नपठाउन भन्दै चारबुँदे मागसहित स्वास्थ्यमन्त्रीलाई आजै ज्ञापनपत्र दिएका थिए।‌ मंगलबार साहलाई हटाएर १०औँ तहका डा. नागेन्द्र यादवलाई मेसुको जिम्मा दिइएको थियो।

जेन–जी समूहले उक्त अस्पतालमा दरबन्दी रही काजसरुवामा रहेका चिकित्सक तथा कर्मचारीलाई फिर्ता वा वैकल्पिक व्यवस्था गर्न, अस्पताललाई शीघ्र तीन सय बेडका लागि आवश्यक व्यवस्था मिलाउन र थप विशेष सेवा थप्न सहयोग गर्न मन्त्रालयलाई ज्ञापनपत्रमा आग्रह गरेका थिए।‌

यसअघि ७ चैतमा मात्र साह मेसुमा हाजिर भएका थिए।‌ उनलाई मन्त्रालयले काजमा खटाउने निर्णय गर्दै मंगलबार जिम्मेवारीबाट हटाएर निमित्तमा यादवलाई जिम्मा दिएका थिए।‌ तर, जेन–जीले निमित्त मेसु नपठाउन ज्ञापनपत्र पठाएपछि आज पुनः साहलाई निरन्तरता दिने मन्त्रालयले निर्णय गरेको छ।

सुझावित समाचार