नयाँ पुस्तालाई नेतृत्व दिने गरी टिम बनाउँदै जनार्दन समूह

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ दलको एकताबाट बाहिरिएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले चारवटा क्षेत्र समेटेर टिम निर्माण गर्ने भएका छन् । 

शर्मानिकट नेता जगप्रसाद शर्माका अनुसार वामपन्थी, जेन–जी, समावेशी र सामाजिक क्षेत्रमा स्थापित व्यक्तिलाई समावेश गरेर पार्टीको नेतृत्व निर्माण हुनेछ। ‘जनार्दनलाई अध्यक्ष बनाएर अर्को कम्युनिस्ट पार्टी थप्ने भन्ने होइन,’ उनले भने, ‘पुरानो पुस्ता निर्देशक समितिमा बसेर नयाँ पुस्तालाई नेतृत्व दिने गरी हाम्रो तयारी छ।’

नयाँ पुस्ताको अनुहार झल्किने गरी नेतृत्व दिने गरी तयारी रहेको उनले बताए। त्यसका लागि नीति, योजना, घोषणापत्र निर्माण हुनेछ। समयको मागअनुसारको पार्टी निर्माण गर्नेतर्फ आफूहरू लागेको शर्माको भनाइ छ। 

सुझावित समाचार