सेवाग्राहीसँग रकम असुलेको आरोपमा राहदानी विभागबाट दुईजना पक्राउ

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

सेवाग्राहीलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको आरोपमा राहदानी विभागपरिसरबाट दुईजना पक्राउ परेका छन्। गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा दुई शंकास्पद व्यक्तिलाई पक्राउ गरी प्रहरीमा बुझाएको विभागले जनाएको छ। 

भष्ट्राचारजन्य गतिविधिका सम्बन्धमा शून्य सहनशीलताको नीति अंगीकार गरेको उल्लेख गर्दै विभागले ठगी गर्नेहरूबाट सावधान रहन सेवाग्राहीलाई आग्रह गरेको छ।

कसैले कुनै पनि बहानामा रकम मागे सोझै विभागको प्रशासन शाखा वा विभागको सम्पर्क नं ०१५९७०३२५ वा इमेल ठेगाना [email protected] मा तुरुन्त जानकारी गराउन पनि विभागले भनेको छ।

सुझावित समाचार