जनमत छोडेका अब्दुल खान रेशम चौधरीको नयाँ पार्टीमा

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

डा. सिके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान रेशम चौधरीले बिहीबार दर्ता गरेको नयाँ दलमा प्रवेश गरेका छन् ।

जनमतको उपाध्यक्ष पद छोडेका खान नयाँ दल दर्ता गर्ने क्रममा रेसमसँगै निर्वाचन आयोग पुगेका हुन् ।

जेन-जी आन्दोलन पछि रेसमले नयाँ दल गठन गरेको घोषणा गरेका थिए। पत्नी रञ्जिता श्रेष्ठसँग पार्टीभित्र विवाद निरन्तर भएपछि रेसमले नयाँ दल नागरिक उन्मुक्ति पार्टी (नेपाल) गठन गरेका हुन् ।

अब्दुलसँगै थप पाँचजना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।

सुझावित समाचार