कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ। सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

‘मेरो स्वास्थ्यका कारणले मैले पार्टीका उपसभापती श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु,’ बैठकमा देउवाले भने।

जेन–जी आन्दोलनपछि देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुने क्रममा एक महिनाभन्दा लामो समयपछि आज मंगलबार सार्वजनिक भएका हुन्। बैठकमा देउवाले छोटो मन्तव्य राख्दै खड्कालाई कार्यवाहक सभापति तोकेपछि बैठक स्थगित भएको छ।

सुझावित समाचार