देउवाको सम्बोधनलगत्तै सकियो कांग्रेस केन्द्रीय समिति बैठक

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण
देउवाको सम्बोधनलगत्तै सकियो कांग्रेस केन्द्रीय समिति बैठक

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ।

जेन–जी आन्दोलनका क्रममा घाइते भएपछि अस्पतालमा उपचाररत देउवा सार्वजनिक भएका थिएनन्। केन्द्रीय समिति बैठकमा सहभागी हुने क्रममा एक महिनाभन्दा लामो समयपछि उनी सार्वजनिक भएका हुन्।

देउवाले सम्बोधन गरेलगत्तै बैठक स्थगित गरिएको हो। अर्को बैठक असोज ३० गते १ बजे बस्ने बताइएको छ।

सुझावित समाचार