लाङटाङ क्षेत्रमा ट्रेकिङ गएका चारजना खोलाले बगाउँदा बेपत्ता भएका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ४, बेरिङ खोल्सामा शनिबार बेलुका आएको बाढीले उनीहरूलाई बगाएको हो ।
बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २५ वर्षकी संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका– १० बस्ने २३ वर्षीय रवि श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
भक्तपुरबाट लाङटाङ क्षेत्रको ट्रेकिङका लागि हिँडेका उनीहरू शुक्रबार ब्याम्बोमा बास बसेका थिए। शनिबार लाङटाङनजिकै पुग्दा अविरल वर्षापछि आएको बाढीले बगाएको हो । उनीहरूसँगै रहेका अन्यले प्रहरीलाई खबर गरेपछि प्रहरी र सेनासहितको टोलीले संयुक्त रूपमा खोजी सुरु गरेको छ। उनीहरूको खोजीमा २२ जना सुरक्षाकर्मी खटिएका छन्।