विमानस्थलमा सुनसहित भारतीय नागरिक पक्राउ

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। ८३५ ग्राम सुनसहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका हुन्। 

इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा चेकजाँचपश्चात् उक्त स्थानमा खटिएको प्रहरीले शंका लागी नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगी भिडियो एक्सरे गर्दा मलद्वारबाट तीनवटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको थियो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार