इतिहासमा २४ भदौ : प्रचण्ड र माधवलाई सिंहदरबारबाटै रेस्क्यु

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहान ८ बजे विपक्षी दलहरूको संयुक्त बैठकका लागि सिंहदरबार आइपुगेका थिए ।

माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले अघिल्लो दिनको आन्दोलनको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । प्रचण्डले बैठकबाटै देउवालाई फोन गरेर सरकार फेल भइसकेकाले तत्काल राजीनामा दिन भनेका थिए ।

त्यतिवेलासम्म बाहिर नेताका घरहरूमा आगजनी र तोडफोड व्यापक भइसकेको थियो । सिंहदरबारलगायत सार्वजनिक निकायमा पनि प्रदर्शनकारीले आक्रमणको तयारी गरिसकेको सूचना पाएपछि उनीहरू सतर्क भए ।

माधव नेपाललाई उद्धृत गर्दै एकीकृत समाजवादीका एक नेताका अनुसार दुवैलाई सेनाले बैठक बसेकै स्थानबाट उद्धार गरेको थियो । तर, नेपाललाई सिंहदरबारभित्रै रहेको गणमा राखियो ।

प्रचण्डलाई सुरुमा आर्मी हेडक्वार्टर पुर्याएको थियो । पछि उनलाई शीतलनिवासनजिक कतै सुरक्षित स्थानमा राखिएको नेता नेपालको ब्रिफिङ थियो । २६ भदौमा राष्ट्रपतिले गरेको ‘म्याराथन’ छलफलमा प्रचण्ड र नेपाल दुवै सहभागी थिए ।

सुझावित समाचार