नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाएर राजमार्ग खुलाउने तयारी

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेपछि पहिरो पन्छाएर राजमार्ग खुलाउने तयारी भइरहेको छ। चितवन प्रहरीका अनुसार शुक्रबार साँझ ६: ०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । शुक्रबार राति निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन नसकेपछि प्रहरीले बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरेको छ। 

दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन्। पहिरो ठूलो भएको र ढुंगा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

सुझावित समाचार