सुनको मूल्य तोलामा ३४ सयले बढ्यो

आइतबार, १८ साउन, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । एकै दिन तोलामा ३४ सय रुपैयाँले बढेर आज एक लाख ९६ हजार पाँच सय रुपैयाँका दरले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन  सुन प्रतितोला एक लाख ९३ हजार एक सयमा काराेबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
 

सुझावित समाचार