चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई बाघ छन् । मानवबस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । दैनिक मासु खुवाउनुपर्छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रूपमा ती बाघ पाल्न रु. ३० लाखहाराहारी बजेट चाहिन्छ । एउटा बाघलाई दैनिक पाँच किलोदेखि सात किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ । सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक रु. पाँच लाख हाराहारी मात्रै बजेट छुट्याउने गरिएको उनले बताए।
सूचना अधिकारी थापामगरले भने, ‘गत आर्थिक वर्षमा बाघका लागि रु. २२ लाखहाराहारी मासुको भुक्तानी गर्न बाँकी छ । एक महिनामा सात बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाखभन्दा बढी खर्च हुन्छ । बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए ।
‘खोरमा थप बाघ राख्ने ठाउँ छैन,’ सूचना अधिकारी थापामगरले भने। राख्ने ठाउँ नभएपछि गत वर्ष एउटा बाघ पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । यो निकुञ्ज बाघका लागि राम्रो वासस्थान हो । यहाँ आउने पर्यटकलाई सहजै देखाउन देवनगरको खोरमा बाघ राखिएका छन् । त्यहाँ सहज रूपमा बाघ हेर्न पाइन्छ ।
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
३ हप्ता अघि
चन्दा उठाएर घर ठड्याउँदै दमकका मेयर
४ हप्ता अघि
सुझावित समाचार
उदयपुरमा फूल अभाव : प्लास्टिकका मालाको व्यापार बढ्दो
उदयपुर- तिहारमा सयपत्री र मखमली फूलको माग बढे पनि स्थानीय उत्पादन पर्याप्त नहुँदा उदयपुरका बजारमा कृत्रिम प्लास्टिकका मालाको व्य…
तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
काठमाडौं- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक स…
आइतबार १० बजेसम्मको प्रमुख १० खबर
विपतका बिच लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापन, भारततर्फ ५८७ मेगावाट निर्यात प्राकृतिक विपतका कारण विद्युत् उत्पादन तथा प्रसारण…
विपतका बिच लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापन, भारततर्फ ५८७ मेगावाट निर्यात
काठमाडौं । प्राकृतिक विपतका कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीप…
७२ हजार घुससहित पक्राउ परेका अधिकृतलाई ६ महिना कैद
काठमाडौं । ७२ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत अदालतबाट दोषी ठहर भएका छन्। महोत्तरीको सोनाम गाउँपालिकाका तत्कालीन …
कुकुर होस्टेलको मेन्यु : बिहान दुधभात, बेलुका मासुभात
बागलुङ । बिहान दुध र भात, बेलुका मासुसहितको खाना । कहिले खसीको मासु, कहिले राँगो त अधिकांश दिन कुखुराको यो कुनै मह…