भारतीय क्रिकेटर यशमाथि बालिका बलात्कारको आरोप

शनिबार, १० साउन, २०८२
डिजिटल संस्करण
  • रोयल्स च्यालेन्जर्स बेंग्लोरका फास्ट बलर यश दयालले दुई वर्षसम्म यौन शोषण गरेको एक महिलाले आरोप लगाएकी छिन् 

भारतीय तीव्र गतिका बलर यश दयालमाथि नाबालिग बलात्कारको आरोप लागेको छ । जयपुरको सांगानेर प्रहरी चौकीमा यशविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यशले एक युवतीलाई दुई वर्षसम्म भावनात्मक रूपमा ब्ल्याकमेल गर्दै बलात्कार गरेको आरोप छ ।

यशले क्रिकेटमा करिअर बनाइदिने प्रलोभन देखाएर सीतापुराको एक होटेलमा बोलाएको र बलात्कार गरेको ती महिलाले उजुरीपत्रमा जनाएकी छिन् । सोही होटेलमा यशले ती महिलालाई पहिलोपटक यौन दुव्र्यवहार गरेका थिए । पहिलो घटना हुँदा पीडित महिला १७ वर्षकी थिइन् । प्रहरीले यो मुद्दालाई यौन अपराधबाट बालबालिकाको संरक्षण गर्ने कानुनअन्तर्गत दर्ता गरेको भारतीय सञ्चारमाध्यम एनडिटिभीले सम्प्रेषण गरेको छ । जयपुरको घटना बाहिर आउनुअघि नै यश अर्को एक यौन शोषणको मामिलामा पनि मुछिएका थिए ।

इलाहाबाद उच्च अदालतले हालै उनको गिरफ्तारीमा रोक लगाएको थियो । न्यायाधीश सिद्धार्थ बर्मा र अनिल कुमारको इजलासले दयालको निवेदनमाथि सुनुवाइ गर्दै गिरफ्तारीमा रोक लगाउने आदेश दिएको थियो । अदालतले सरकारी वकिल र उजुरीकर्ता दुवैलाई जवाफ पेस गर्न भनेको छ । २७ वर्षीय यशविरुद्धको पहिलो उजुरी गाजियाबादको इन्दिरापुरम प्रहरी चौकीमा ६ जुलाईमा दर्ता भएको थियो । भारतीय न्याय संहिताको धारा ६९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

महिलासँग पाँच वर्षअघि भेट 
उजुरीकर्ता महिलाले यशलाई पाँच वर्षअघि भेटेकी थिइन् । जयपुरमा आइपिएलको खेल चलिरहँदा नै यश र ती महिलाबिच भेट भएको थियो । यशले ती महिलालाई विवाह गर्ने र क्रिकेटमा भविष्य बनाउने वाचा गरेका थिए । तर, ती महिलाले यशसँग विवाहको बारम्बार प्रस्ताव नराखेकी होइनन् । तर, क्रिकेटरले महिलाको प्रस्ताव सधैँ नकार्दै गए । अन्य महिलासँग पनि यशको सम्बन्ध रहेको खुला भएपछि ती महिलाले उजुरी दिएकी हुन् । ती महिलाले सन् २०२३ देखि ०२५ सम्म यशबाट बारम्बार यौन शोषण भएको आरोप लगाएकी छिन् । मुद्दा भारतीय दण्डसंहिता र बाल यौन अपराधविरुद्धको कानुन (पोक्सो)अन्तर्गत दर्ता गरिएको छ ।

See More On

सुझावित समाचार