ठमेलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

मंगलबार, ६ साउन, २०८२
डिजिटल संस्करण

ठमेलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

ज्याठास्थित चिनियाँ नामको होटेलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार