दुईवटा गभर्नर र नोटमा आ–आफ्नो चुनाव चिह्न राख्न कांग्रेस–एमालेलाई हरि ढकालको सुझाव

बिहिबार, १ जेठ, २०८२
डिजिटल संस्करण

रास्वपाका सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुईवटा गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन् । उनले गभर्नर नियुक्तिमा दुई दलबिच लडाइँ चलेको उल्लेख गर्दै दुईवटा गभर्नर बनाउन सुझाव दिएका हुन् ।

उनले भने, ‘म गठबन्धन सरकारलाई जे गर्नु छ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाइँ, दुईवटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्यान्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् यो ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिह्न राख्नुहोस् ।’

अबको ३१ महिनापछि आमनागरिकले नसहने उनको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले अहिले नेपालमा दलीयकरणको अभ्यास भएकोमा निन्दा व्यक्त गरे ।

सुझावित समाचार