मखनगल्लीमा लागेको आगो नियन्त्रण

बुधबार, १ जेठ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानरपालिका– २४ स्थित मखनगल्लीमा दयाराम श्रेष्ठको घरमा भएको आगलागी नियन्त्रणमा आएको छ । दयारामको चारतले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी भएको थियो । 

दयारामको घरमा लागेको आगो नजिकै रहेको रुकेश श्रेष्ठको पाँच तलतले  पक्की घरमा आगो सल्किएको थियो । उक्त स्थानमा  प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दको  कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली  खटिएको थियो । 

 जुद्ध बारुद दुई, नेपाल आर्मी एक, ललितपुर महानगरपालिका  एक, रामहिटी एक र  बालाजु औद्योगिक क्षेत्रको  एक गरी  जम्मा ६ वटा दमकलले आगो नियन्त्रणमा ल्याएका हुन् । आगलागीमा परी एकजनाको ज्यान गएको छ भने क्षतिको विवरण आउन बाँकी छ । 

See More On

सुझावित समाचार