आइपिएलमा हैदरावादको पाँचौ हार, मुम्बईको तेस्रो जित

बिहिबार, ४ बैशाख, २०८२
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग(आइपिएल)मा सनराइजर्स हैदरावाले पाँचौ हार बेहोरको छ। बिहीबार मुम्बई इन्डियन्स्सँगको खेलमा हैदरावाद चार विकेटले पराजित हुन पुगेको हो। 
पहिले ब्याटीङ गरेको हैदरावाले १६२ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा मुम्बईले ६ विकेट गुमाएर १८.१ ओभरमै खेल जितेको हो। 

सात खेलमा मुम्बईको यो तेस्रो जित हो भने हैदरावादको सात खेलमा पाँचौ हार हो। यससँगै हैदरावाद अंकतालिकाको पुछारमा पुगेको छ। हैदरावाद नवौं तथा चेन्नई १० औं स्थानमा छ। 

सुझावित समाचार