वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणनाको सुरुदेखि नै बागी उम्मेदवार अगाडि छन् । बिहीबार बिहान ९:३० बजे सम्मको मतपरिणामअनुसार एक हजार दुई सय मतगणना हुँदा बागी उम्मेदवार राजकुमार यादवले सुरुदेखि नै अग्रता बनाएका छन्। नेपाल विद्यार्थी संघले टिकट नदिएपछि स्वतन्त्र सभापति पदमा चुनाव लडेका राजकुमार यादवले अहिलेसम्म ३१२ मत पाएका छन् ।
यस्तै, नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार विकाश मण्डल १९२ मत पाउँदा समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादव १७७ मतका साथ तेस्रो स्थानमा छन् ।
स्वतन्त्र समूहमध्येका सुधीर पटेल समूहका कमलेश यादव १७२ मत र अनेरास्ववियुका पवन यादवले ११३ मत पाएका छन् । चैत ५ गते स्ववियु निर्वाचन सम्पन्न भएको झन्डै २४ घण्टापछि मंगलबार मतगणना सुरु भएको हो । विगत १६ वर्षपछि भएको निर्वाचनमा चार हजार ३०६ मत खसेको थियो ।