स्ववियु निर्वाचन : पुल्चोकमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ र थापाथलीमा नेविसंघका खड्का विजयी

मंगलबार, ५ चैत, २०८१
डिजिटल संस्करण

पुल्चोकस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयम श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले एक हजार १०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याए।

त्यस्तै, थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघले जित निकालेको छ। नेविसंघका प्रह्लाद खड्का सभापति निर्वाचित हुँदा सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्यायले जितेका छन्।

सुझावित समाचार