इतिहासमा आज

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

सन् १४५५ : जोहानेस गुटेनबर्गको बाइबल प्रकाशित । जोहानेस गुटेनबर्गको बाइबल संस्करण मुभेबल टाइपमा छापिएको पहिलो पुस्तक थियो । 

सन् १९१७ : रुसमा फेब्रुअरी क्रान्ति सुरु । सशस्त्र झडपले अन्ततः रुसी साम्राज्यको विनाश निम्त्यो ।

सन् १९३८ : १२ चिनियाँ लडाकु विमानले जापानमा शृंखलाबद्ध बम विस्फोट गराए ।

सन् १९४७ :  इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आइएसओ) ले आफ्नो नियमित काम सुरु गर्यो । आइएसओले साइकल टायरदेखि मिति ढाँचासम्म सबै कुराको मापदण्ड जारी गर्छ ।

सन् १९४१ : ग्लेन टी सिबोर्ग र उनको टोलीले रासायनिक रूपमा प्लुटोनियम पहिचान । रेडियोधर्मी यो तत्वले परमाणु इन्धन वा आणविक हतियारको रूपमा महत्वपूर्ण भूमिका खेल्छ ।

सन् १९५४ : पोलियोविरुद्ध पहिलो सामूहिक खोप सञ्चालन गरियो, हिलारी कोप्रोब्स्कीको लाइभ पोलियो खोपसँगै भाइरोलोजिस्ट जोनास साल्कको खोप आज पनि प्रयोग हुने दुई संस्करणमध्ये एक हो ।

सुझावित समाचार