ताप्लेजुङमा हत्या आरोपमा एक युवक पक्राउ

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा फागुन ३ गते बिर्खबहादुर लिम्बूको हत्या गरेको अभियोगमा २२ वर्षीय सुवास लिम्बू पक्राउ परेका छन्।

जिल्लाको फक्ताङलुङ गाउँपालिका– ४ इखावुमा छत्रबहादुर लिम्बूको सुद्धाइँ कार्यक्रममा झगडाका क्रममा सुवासले बिर्खबहादुरलाई मुक्काले टाउकोमा हानेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

प्रहरी निरीक्षक बस्नेतले जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी तापेथोकको संयुक्त टोली घटनास्थल पुगेर आरोपित सुवासलाई पक्राउ गरिएको बताए। आरोपीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार