‘सिआइडी हुँ’ भन्दै ठगी गर्ने दुईजना पक्राउ

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

‘सिआइडी हुँ’ भन्दै ठगी गर्ने कपिलवस्तुका दुईजनालाई  कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वाणगंगा नगरपालिका– २ पिपरानिवासी ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयानिवासी ३२ वर्षीय जीवन थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

थापा र घिमिरेले स्थानीयलाई इलाका प्रहरी कार्यालय पिपराबाट आएको सिआइडी भएको र घरको खानतलासी लिने भन्दै एक स्थानीयको घरबाट १७ हजार लगेकाे  बताएको छ ।

पछि स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनीहरूको खोजीकार्य गरेको थियो । दुवैजनालाई प्रहरीले माघ २६ गते वाणगंगा– २ राजपुरस्थित खेलमैदानबाट पक्राउ गरेको बताएकाे छ । उनीहरूलाई २७ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान भइरहेको  कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले  बताएका छन् ।
 

सुझावित समाचार