बाजुराको गोत्री केन्द्रविन्दु भएर ५.२ रेक्टरको भूकम्प

शनिबार, ६ पुष, २०८१
डिजिटल संस्करण

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले  डरले घर बाहिर निस्किदै त्रसित भएका छन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्पपछि क्षति के कति भयो भन्नेबारेमा केही विवरणा आएकाे छैन ।     

See More On

सुझावित समाचार