एसिसी यू–१९ वुमन्स एसिया कपः सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी श्रीलंका

मंगलबार, २ पुष, २०८१
डिजिटल संस्करण


मलेसियामा जारी एसिसी यू–१९ वुमन्स एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेको नेपालले अब श्रीलंकाको सामना गर्ने भएको छ। सेमिफाइनलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्ने तय भएको हो। 

मंगलबार नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो। वर्षा नरोकिएपछि नेपाल र भारतले एक–एक अंक बाँडेका हुन्। पहिलो खेलमा नेपालले  पाकिस्तानलाई ६ विकेटले हराएको थियो।

प्रतियोगितामा समूह 'ए'बाट नेपाल र भारत सेमिफाइनलमा पुगेका हुन्। 

समूह 'बी'बाट श्रीलंका र बंगलादेश सेमिफाइनल पुगेका हुन्। 

सुझावित समाचार