महिला यू–१९ एसिया कप : नेपाल र भारत भिड्दै

मंगलबार, २ पुष, २०८१
डिजिटल संस्करण

मलेसियामा जारी महिला यू–१९ एसिया कपमा आज मंगलबार नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदै छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा बिहान ११ः४५ मा खेल सुरु हुनेछ।

नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो। आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन्।

समूह ‘ए’मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन्।

नेपाली टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन्। उपकप्तान सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृश्मा गुरुङ छन्।

यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा अटाएका छन्। प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ।

सुझावित समाचार