रौतहटमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु, पाँच घाइते

गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा पर्‍याे

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा.१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटनामा परेको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गएराति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । जिप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा परी सिराहाको अर्नामा नगरपालिका– ३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले बताए । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो ।

दुर्घटनामा परेर घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका लागि पर्साको वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।     

 

सुझावित समाचार