कीर्तिपुरका २० स्थानमा उत्साहजनक रूपमा मतदान जारी

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्ष पदका लागि उत्साहजनक रूपमा मतदान जारी छ ।  

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं. १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं. १ मा नौ र वडा नं. ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं. ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

यसैगरी, नेपाली कांग्रेस कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार कृष्णमान डंगोलले ३ नम्बर वडाबाट मतदान गरेका छन् ।  

 

सुझावित समाचार