सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ६५ हजार कायम

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई एक लाख ६५ हजार कायम भएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने दुई हजार ७५ निर्धारण भएको महासंघले जनाएको छ ।     

See More On

सुझावित समाचार