कुम्भकर्ण हिमाल आरोहणका लागि गएका अमेरिकी पर्यटक बेपत्ता

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ स्थित कुम्भकर्ण हिमाल आरोहण गर्न गएका एक अमेरिकी नागरिक बेपत्ता भएका छन्।

माइकल अराएन गाडनर बुधबार दिउँसो सवा १ बजेतिर हावाको वेगले झरी बेपत्ता भएकाे इलाका प्रहरी कार्यालय घुन्सालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

उनी गत सोमबार ग्रान्ड हिमालय ट्रेक्स एन्ड एक्सपेडिसन प्रालिमार्फत हिमाल आरोहण गर्न गएका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय घुन्साबाट तीन दिनको पैदल दूरीमा पर्ने प्रहरीले जनाएको छ।

सुझावित समाचार