अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या १२८ पुग्यो

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण
अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या १२८ पुग्यो

तस्बिर : उत्तरी क्यारोलिना यातायात विभाग

अमेरिकामा ‘हेलेन’ नामक विनाशकारी आँधीबाट ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ। स्थानीय समयअनुसार सोमबारसम्म ६ राज्यमा गरी १२८ जनाले ज्यान गुमाएका हुन्।

सबैभन्दा धेरै मृत्यु नर्थ क्यारोलिनामा भएको छ। यहाँ ५६ जनाको मृत्यु भएकोमा ४० जना बनकोम्ब काउन्टीका रहेका सिएनएनले जनाएको छ।

सयौँ मानिस अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने चेतावनी दिइएको छ। झन्डै २० लाख मानिस विद्युतविहीन भएका अधिकारीहरूले बताएका छन्।

सुझावित समाचार